प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खोलामा डुबेका ९ वर्षीय बालकको शव भेटियो

२०८१ आश्विन २९, मंगलबार १९:५८ बजे

काठमाडौं –  शिवपुरी गाउँपालिका-८, सिम्लेमा आफन्तकोमा टीका लगाउन गएका ९ वर्षीय बालकको पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ। सोमबार डुबेर बेपत्ता भएका बालकको शव मंगलबार बिहान भेटिएको हो।

आफन्तकोमा दसैंको टीका थाप्न गएका ९ वर्षीय सिशान तामाङ सोमबार पौडी खेल्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए। उनको स्थानीयबासी, सशस्त्र प्रहरी र प्रहरीले खोजी गर्ने क्रममा एक दिनपछि फेला पारेको प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए।

उनका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गाका दिनेश तामाङ र अप्सरा तामाङका छोरा सिशान तामाङसँगै आफन्तकोमा टीका लगाउन गएका थिए।