प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रेकर्ड कायम गरेपछि सुनको मूल्य क्रमशः ओरालो लाग्दै

२०७९ फाल्गुन १४, आईतबार ०६:२५ बजे

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको दर १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत माघ १९ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता भने क्रमशः ओरालो लाग्दै आएको छ ।

अघिल्ले दिन शुक्रबार मात्रै १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजाबि सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा झरेको छ । गत शुक्रबार प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।