प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कारको ठक्करबाट एक जनाको मृत्यु

२०७९ कार्तिक २७, आईतबार ०५:३० बजे

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९ स् २० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ४२ वर्षीय उत्तमकुमार मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा राति १०स्३० बजेतिर मृत्यु भएको कार्कीले बताए । प्रहरीले नियन्त्रणमा लिएर कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासमाथि अनुसन्धान सुरु गरेको छ ।