प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी गुड्दा गुड्दै राप्तीखोलाको पुल भाच्चिँएपछि...

२०७८ चैत्र १०, बिहीबार ०४:२२ बजे

हेटौंडा – सवारी गुड्दा गुड्दै पुल भाच्चिँएर एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बस्तिपुरस्थित राप्तिखोलाको काठको पुल पार गर्नेक्रममा पुल भाच्चिँएर ट्याक्टर दुर्घटना भएको हो ।

गएराति २ बजे भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउदै गरेको ना ६ त १८४५ नंबर को खाली ट्याक्टर गुड्दा गुड्दै काठको पुल भाच्चिँए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुर प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक राक्सिराङ गायँपालिका वडा नंबर ८ बस्ने वर्ष २८ वर्षीय सागर स्याङ्तान रहेका छन् । उनको पानिमुनि ट्याक्टरले च्यापिएर मृत्यु भएको उनले बताए । प्रहरीले घटनाको बिषयमा आवश्यक अनुसन्धान भईहरेको छ ।