हेटौंडा – घरायसी विवादको क्रममा बाबुले छोरोको हत्या गरेका छन् । ईलामको माई नगरपालिका–६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राईले आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्या अभियोगमा दिल कुमारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।