प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागुऔषध सहित दुई जना पक्राउ

२०७९ माघ ३, मंगलबार १५:०६ बजे

काठमाडौं – बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोलबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने रामेछाप घर भएका २८ वर्षीय मंजिल राई र २७ वर्षीय प्रज्वल गुरुङ रहेका छन् ।

उनिहरुलाई डाईजेपाम १ सय २ एम्पुल, फेनारगन १ सय १ एम्पुल र बुप्रेनोर्फिन ९३ एम्पुल सहित सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मंजिल राईको कोठाबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।