प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्लो साइकल प्रतियोगितामा ठाकुर प्रथम

२०७९ फाल्गुन २२, सोमबार १५:४१ बजे

हेटौंडा – फागुपूर्णिमाको अवसरमा हिमालयन राईडर्स सोसाइटी हेटौंडाद्वारा आयोजित साइकल स्लो राईडमा बिजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । सोमबार बिहान हुप्रचौर खेलमैदानमा भएको प्रतियोगितामा राजीप ठाकुर प्रथम, अबिज्ञ गौतम द्वितीय, भेट्रान्स विकास बानियाँ पुरस्कृत भएका हुन् ।

सबैभन्दा कम उमेरका प्रवेश नेपाललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । होली शुभकामना आदान प्रदान गर्ने तथा केही दिन अघि मेची–महाकाली साइकलयात्रा सफलतापूर्बक सम्पन्न गर्ने कीर्तम गोपाली राजीप ठाकुरलाई सम्मान गरिएको थियो ।

१४ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्की र हिमालयन राईडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले सम्मानीत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश गुरुङ, सोसाइटीका पदाधिकारीहरु, हेटौंडाका साइकल अभियन्ताहरुको सहभागिता रहेको थियो ।