हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ कालिका पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बारा गढीमाई नगरपालिका–१ बस्ने बर्ष १९ को रञ्जन कुमार कुसुवा रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार हेटौंडाबाट वीरगंजतर्फ जादै गरेको बा.प्र.०२–०४ १प.०९३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा कुसुवा घाइते भएका हुन् । उनको अनुहारमा, टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर