प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माटोको ढिस्कोले पुरिएर मकवानपुरका स्याङ्तानको मृत्यु

२०८० फाल्गुन ३०, बुधबार ०८:४८ बजे

हेटौंडा – माटोको ढिस्कोले पुरिएर मकवानपुरका एक युवकको मृत्यु भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा माटोको ढिस्कोले पुरिएर मकवानपुरको भिमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा स्याङतानको मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।