हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट चोरीको चाँदी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बासपानी बस्ने २० वर्षीय सन्तोष मगर रहेका छन् ।
प्रहरीका अनुसार मगर भक्तपुर कमल विनायकबाट बा५३प ७५९७ नम्बरको मोटरसाईकलमा चाँदी चोरेर फरार भएका थिए । खोजतलास गर्ने क्रममा मकवानपुरगढी–२ बासपानी बस्ने सन्तोष मगरको घरमा देखेपछि सोधपुछ गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा उनको घरमा स्रोत नखुलेको अन्दाजी ९५ तोला चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।