हेटौंडा – बर्दियाको मधुवन नगरपालिका ५ मा टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर भाट रहेका छन् ।
ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे १ क १८ १४ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई आज दिउँसो १ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर सहित चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।