प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

मकवानपुरमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १७१ बिद्यार्थीलाई सम्मान

२०८० श्रावण ११, बिहीबार ०७:४८ बजे

हेटौंडा – मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने १७१ जना बिद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिहिबार एक कार्यक्रम आयोजना गरी बिद्यार्थीलाई सम्मान गरेको हो ।

उत्कृष्ट हुने बिद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्याप्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतकाले सम्मान गरेका हुन् । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्ययाब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, संस्थागत बिद्यालय अभिभावकसंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन पूर्व अध्यक्ष राजन थापा लगायतकाको आतिथ्यता रहेको थियो ।