हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बिहीबार एकैदिन तीन स्थान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं.१८ रामधुनीचोकमा बा.प्र.०३–००४प २७८२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही वडाको मग्राति टोल बस्ने बर्ष ५८ को हिम बहादुर मग्राती घाइते भएका छन् । उनलाई मोटरसाइकल चालकले हेटौंडा अस्पतालमा उपचार गराईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.८ बिरेन्द्र मार्गमा बा.प्र.०३–००५ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट कमाने बस्ने बर्ष ५८ कि मालती लामा घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक सोही वडा बस्ने ३७ बर्षीय सनोद सुबेदी समेत घाइते भएका छन् । दुबैको घाइतेको हेटौंडा अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.९ पशुपतिनगरमा गुम्बाचोकबाट रातोमाटेतर्फ जादै गरेको ना २९ प १६९१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक हेटौंडा– ८ कमाने बस्ने बर्ष २६ को अरुण जर्गा मगर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात घाइतेको पुरानो मेडिकल कलेज भरतपुर पठाएको छ । उनको मापसे समेत गरेको पाइएको प्रहरीको भनाई छ ।सांकेतिक तस्बीर