प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सालकको खपेटा बेचबिखन संलग्न मकवानपुरका स्याङतान सहित तीन जना पक्राउ

२०७९ श्रावण २८, शनिबार १५:१८ बजे

हेटौंडा – दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट सालकको खपेटा सहित मकवानपुरगढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट करिब ३ केजी ५ सय ५० ग्राम सालकको खपेटा र डिजिटल तौल मेसिन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने प्रहरीले जनाएको छ ।