प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माछा मार्न निस्किएका मकवानपुरका थिङ मृत भेटिए

२०८० पौष २३, सोमबार ११:४२ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा एक जना मृत फेला परेका छन् । सोमबार बिहान २ बजेर १५ मिनेटको समयमा बागमती गाउँपालिका वडा नं.४ झुरझुरे वस्ने ३५ बर्षीय गोपाल थिङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार थिङ आइतबार दिउँसो ४ बजेको समयमा बागमती खोलामा माछा मार्न जान्छु भनि निस्किएका थिए । उनी साँझ परेपछि पनि घर नफर्किएपछि आफन्त र गाउँलेले खोजतलास गर्दै जाने क्रममा बागमती खोलामा पानीमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।