काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ । आज ९सोमबार० बसेको रास्वपाको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताको रुपमा छानेको हो।
बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेतामा अनुमोदन गरेको हो। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट र समानुपातितर्फ १३ सिट जितेको थियो।