हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापतिमा डा.अच्युतम लामिछाने निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनम लामिछानेआफ्नो प्रतिस्पर्धी दिपक बिकलाई ३१ मत पराजित गरेका हुन् ।
कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गर्दा बिकले १२३ मत प्राप्त गरेका थिए भने २ मत बदर भएको थियो ।
लामिछाने दोस्रो चरणको निर्वाचनममा विजयी भएका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिमा ४ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा दिपक बिकले १२३, डा.अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईले १७ मत प्राप्त गरेका थिए ।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो ।
प्रत्यक्षतर्फबाट ८ जना महिला र ३ जना पुरुषसहित ११ जना निर्वाचित भएसंगै रास्वपा प्रदेश समितिले पुर्णता पाएको छ । यसअघि नैं बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनित सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।
मकवानपुरको सभापतिमा पराजुली
यसैगरी रास्वपा प्रदेश समितिले मकवानपुर जिल्ला सभापतिको जिम्मेवारी भरत पराजुलीलाई दिएको छ । यसअघिका सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउँदै पराजुलीलाई जिम्मेवारी दिइएको हो ।
न्यौपानेमाथि गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाएको आरोप लागेको थियो । त्यसपछि रास्वपाले न्यौपानेलाई जिल्ला सभापतिको हैसियतले कुनै पनि गतिविधि सञ्चालन गर्न र सहभागि हुन रोक लगाएको थियो ।