प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पपुवा न्युगिनीविरुद्ध नेपालको जित ओडिआई इतिहासकै पाँचौ नम्बरमा

२०७९ फाल्गुन ३०, मंगलबार ०५:०५ बजे

काठमाडौं – आइसिसीले ५० ओभरको एकदिवसीय खेलमा सबैभन्दा छिटो लक्ष्य पुरा गर्ने टालीको सुची सार्वजनिक गरेको छ । जसमा विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध ७.४ ओभरमा पूरा गरेको लक्ष्य ओडिआई इतिहासकै पाँचौ नम्बरमा पर्न सफल भएको छ ।

सोमबार टियू क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई पपुवा न्युगिनी ९६ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआई इतिहासको सर्वाधिक छिटो पाँचौं जित हुन पुगेको हो ।

ओडिआईमा सर्वाधिक छिटो जित श्रीलंकाको नाममाछ । श्रीलंकाले २००१ मा कोलोम्बोमा जिम्बावेले दिएको ३९ रनको लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेल श्रीलंकाले २ सय ७४ बल अघि जितेको थियो ।

दोस्रो सर्वाधिक छिटो जित श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाले दिएको ३७ रनको लक्ष्य ४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकाले उक्त खेल २ सय ७२ बल अघि पूरा गरेको थियो ।

तेस्रो स्थानमा नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य २ विकेट गुमाउँदै ५.२ ओभरमा पूरा गरेको थियो । नेपालले उक्त लक्ष्य २ सय ६८ बल अघि पूरा गरेको थियो ।

आइसिसीले सार्वजनिक गरेको सुचि