प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

एटिएम मेशिन तोडफोड गरी नगद चोरी गर्ने पक्राउ

२०७९ भाद्र ६, सोमबार ०५:३२ बजे

हेटौंडा – एटिएम मेशिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका– ३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी९पूर्व० देवचुली नगरपालिका(५ घर भई कास्की पोखरा महानगरपालिका(३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका –२७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको ग।१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।