हेटौँडा – नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य मनिला विष्टसहित २३ जना पुनः एमालेमा फर्किएका छन् । नेकपा एमाले विभाजन भएसँगै एकिकृत समाजवादीमा लागेकी तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्ष समेत रहेकी विष्ट सहित जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौला सहित २३ जना एमालेमा फिर्ता भएका हुन् ।
२०७९ को स्थानीय निर्वाचनमा एकिकृत समाजवादीबाट गाउँपालिका पुनः उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिए पनि पराजित भएकी थिईन् । उनीहरुलाई एमाले केन्द्रीय सल्लाकार समितिका सदस्य एवं वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, एमाले नेता अनन्तप्रसाद पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नविन सिग्देल, मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदी लगायतले पार्टी प्रवेश गराएका थिए ।