प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थाहाको पर्यटन प्रबर्द्धन गर्न खैरहनीमा फोटो प्रदर्शनी सुरु( तस्वीरसहित)

२०७९ माघ ५, बिहीबार १३:४१ बजे

चितवन – थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी सुरु गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको अवसरमा बिहिबार देखि थाहा नगर आसपासको फोटो प्रदर्शनीका लागि राखिएको हो ।

थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर उद्योग वाणिज्य संघको ब्यवस्थापन र फरक सोचको समन्वयमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएका छन् ।

बिहिबार करिब ५०० जनाले थाहाको फोटो अवलोकन गरेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले उक्त महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताए ।