प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाटो मर्मत गर्ने क्रममा विस्फोट

२०८० फाल्गुन ९, बुधबार १९:४२ बजे

धनगढी – कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।

भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन्। विस्फोट भएको बस्तुको विषयमा भने खुलेको छैन। प्रहरी घटनास्थल तिर गएको छ।