काठमाडौं – जाजरकोट कुशे गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका छन् । शनिबार बिहान वडाध्यक्ष घर्ती मृत भेटिएका हुन् ।
एक्कासि टाउको दुस्खेको छ भनेर घरमै ओछ्यानमा पल्टिएका घर्ती मृत अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन ।
मृतक घर्ती गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।