प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु

२०७९ पौष ३, आईतबार ०६:२८ बजे

हेटौंडा – बाँकेको कोहलपुर नगरपालिका ११ मा जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छिन् । कोहलपुर स्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार शनिबार साँझ साढे ६ बजे बा १ ञ २४३८ नम्बरको जीपले पैदल हिंडिरहेकी गुरुङलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात जीप सहित फरार रहेका चालकलाई गएराति सवा ९ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुले जानकारी दिएको छ ।