प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

हेटौंडाबाट जादै गरेको सुमोबाट लागूऔषध सहित दुई जना पक्राउ

२०७८ चैत्र ९, बुधबार ०७:४९ बजे

हेटौंडा – हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना.१ ज ३९९१ नम्बरको टाटा सुमोबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं दक्षिणकली नगरपालिका–५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका–६ घर भएका ३१ वर्षीय बिनोद चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।