प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप्रका मकवानपुरको कार्यालय अगाडिबाटै लुटिए ७७ वर्षका वृद्ध

२०७९ भाद्र २३, बिहीबार १७:२६ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि नै विहिबार दिउँसो एक वृद्ध लुटिएका छन् । हेटौंडा उपमहानरपालिका वडा नं. ३ बसामडी बस्ने बर्ष ७७ को टेक बहादुर बुढोथोकी दिउँसो २ बजे लुटिएका हुन् ।

हेटौंडा अस्पतालमा उपचार गराउन आएका उनी हेटौंडा–१ स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको मोडबाट लुटिएका हुन् । वृद्धको साथबाट नगद दुई हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न चितवन रत्ननगर–११, टाँडीका ४८ वर्षीय रोज तामाङ र हेटौंडा–९ का लक्ष्मण तामाङलाई पक्राउ समेत गरेको छ । दुई हजार रुपैयाँ चोरी गरेर भाग्दै गर्दा हेटौंडा–१ स्थित प्रहरी कार्यालय नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

सांकेतिक तस्बिर