प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट काठमाडौं जाने दुई सडक सञ्चालनमा

२०८० असार १, शुक्रबार ०३:१७ बजे

हेटौंडा – पहिरोका कारण अवरुद्ध बनेको कान्ति लोकपथ र कुलेखानी-सिस्नेरी-दक्षिणकाली फर्पिङ सडक मध्याह्नदेखि सञ्चालनमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरतर्फ भट्टेडाँडा सडकखण्ड र कुलेखानी-सिस्नेरी दक्षिणकाली फर्पिङ खण्डको सिस्नेरीमा गएको पहिरो पन्छाएपछि सडक बिहीबार मध्याह्नदेखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले इन्द्रसरोवर गाउँपालिका-३ स्थित सिस्नेरीमा बिहीबार बिहान पहिरो गएपछि सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर सुचारु गरिएको जानकारी दिए ।