हेटौंडा – सुनसरीको इटहरी उपमहानगरपालिका ८ भुर्कीमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को ११ प ९५ ५५ नम्बरको मोटरसाइकल दुर्घटनामा इटहरी उपमहानगरपालिका १४ का अन्दाजी ३२ वर्षीय उमेश चौधरी घाइते भएका थिए ।
बिहिबार साढे ६ बजे घाइते भएका चौधरीलाई उपचारको लागि हलगडा सामुदायिक अस्पताल इटहरी पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।