हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा ट्याक्टर र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा एकैपरिवारका तीन जना घाइते भएका छन् ।
धरान–चतरा सडकखण्डमा शुक्रबार दिउँसो ना ६ त ८३०२ नम्बरको ट्याक्टर र प्रदेश ३–०३००१ प ७०५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा बकैया गाउँपालिका–५ बस्ने ४० वर्षीय प्रलाद दाहाल, उनका छोरी ११ बर्षीया प्रतिक्षा दाहाल र छोरा ८ वर्षीय प्रशान्त दाहाल रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर, ट्यटक्टर चालक, मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।