प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाथीभरा दर्शनका लागि गएका पराजुली मृत भेटिए

२०८० बैशाख २६, मंगलबार ०७:२० बजे

काठमाडौं – पाथीभरा दर्शनमा लागि जाने क्रममा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । झापाको अर्जुनधाराका नगरपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लोकप्रसाद पराजुली मृत भेटिएका हुन्।

माथिल्लो फेदीबाट ५ किलोमिटर उत्तरतर्फको जंगली क्षेत्रमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको बिस्तृत अध्ययनका लागि प्रहरीको टोली घटनास्थलतर्फ हिंडेको जनाएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा रहेको प्रहरी चौकी भन्दा करिव ५ कि लोमिटर उत्तरतर्फ पराजुली मृत भेटिएको बताईएको छ ।

यही वैशाख २० गते बिहान करिब ३ पिसाब गर्न जाने भनेर निस्किएका उनी बेपत्ता भएका थिए । त्यसपछि उनको लगातार खोजी हुँदै आएको थियो। पराजुलीमा मानसिक समस्या रहेको जानकारी परिवारका आफन्तजनले प्रहरीलाई दिएका थिए।