प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश बजेटः मुख्यमन्त्री सिपविकास तथा रोजगार कार्यक्रमका लागि १५ करोड

२०७९ असार १, बुधबार ११:१७ बजे

हेटौंडा – बागमती प्रदेश सकारले मुख्यमन्त्री सिपविकास तथा रोजगार कार्यक्रमको लागि १५ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले स्वदेशमै काम गर्न सक्ने सिपविकास गरी रोजगार श्रृजनाको लागि १५ करोड बिनियोजन गरेको बताए । उनले यस अन्तर्गत उद्योगीहरुसंग सहकार्य गरी कार्यस्थलमा प्रशिक्षण दिइने बताए । प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए ।