हेटौंडा – बागमती प्रदेश सरकारले जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश खारेज माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले २४ घन्टे अल्टीमेटम दिएको छ ।
अनेरास्ववियुका अध्यक्ष विशाल पौडेलले बुधबार विज्ञप्ती जारी गर्दै हेटौडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने अध्यादेश खारेजी माँग गर्दै २४ घन्टे अल्टीमेटम दिएका हुन् ।
प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने निर्णयले सरल सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मकवानपुरे जनताको चाहानमाथि गम्भीर प्रहार भएको विज्ञप्तीमा भनिएको छ ।
‘हेटौंडा अस्पताललाई रिफर अस्पताल बनाउने र प्रदेशको राजधानीमा सुरु भएको चिकित्सा शिक्षालाई षडयन्त्र रुपमा निर्णय भएको छ । हेटौंडा अस्पतालबाट शुरु भएको कु प्रकारान्तरणमा प्रदेशको राजधानी हेटौंडाबाट षडयन्त्रको काष्टिङ्ग समेत भएकोले अनेरास्ववियु मकवानपुर यस्तो कदमको कडा शब्दमा आलोचना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘२४ घण्टामा उक्त निर्णय फिर्ता लिन अल्टीमेटम जारी गर्दछ । निर्णय फिता नभए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहान्छ ।’
विज्ञप्ती