प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भैंसेका पूर्बविद्यार्थीले विद्यालयमा डिजिटल बोर्ड राखे

२०७९ माघ ५, बिहीबार १५:२५ बजे

हेटौंडा – श्रीकृष्ण मावि भैंसेमा अध्ययन गरेका पूर्बविद्यार्थीहरुले विद्यालयमा डिजिटल सूचना बोर्ड जडान गरिदिएका छन् । पूर्बविद्यार्थीहरु सुवासचन्द्र राना, रोचक थापा र जीतेन्द्रप्रसाद कुसवाहाले विद्यालयलाई ८० हजार रुपैयाँ बराबरको १ थान डिजिटल सूचना बोर्ड हस्तान्तरण गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, वडाअध्यक्षको रोहवरमा पूर्बविद्यार्थी कुसवाहाले डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन् । कुसवाहा हेटौंडामा कम्प्युटरको ब्यवसाय गरिरहेका छन् भने थापा र राना बिदेशमा छन् । तीन जना विद्यार्थी मिलेर सामूहिक लगानी गरी आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका हुन् ।

मोवाइल एपमार्फत् सूचना प्रबाह गर्न मिल्ने डिजिटल बोर्ड विद्यालयमा जडान गरेपछि अभिभावक तथा बालबालिकाले छिटोछरितो रुपमा सूचना पाउनने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा बालबालिकामा डिजिटल स्क्रिनको मोह बढ्दै गएको छ ।