हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट हेटौंडामा सुरु हुने भएको छ । आज दिउँसो नेकपा एमालेका महासचिब शंकर पोख्रेलले अधिवेशनको उद्घाटन् गर्ने छन् ।
करिब तीन दिन सम्म हुने अधिवेशनले नयाँ जिल्ला कमिटी समेत निर्माण गर्नेछ । भोली बन्दसत्र र चुनाबका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रियाहरु हुनेछ ।
अधिवेनका लागि बिभीन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिए।
अधिवेशनका लागि जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट प्रतिनिधि चयन गरिएको हो । अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने भएको छ।