प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा सुमोले मोटरसाइकललाई ठक्कर दियो

२०८१ असार २६, मंगलबार ०९:०८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ फरेष्ट्री क्याम्पस अगाडी सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।


सोमबार पशुपतिनगरबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०३–००५प १५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउदै गरेको ना.१ज ५८६२ नम्बरको सुमोले ठक्कर दिदाँ मोटरसाइकलमा सवार हेटौंडा–१३ पदमपोखरी बस्ने बर्ष २९ को बिशाल बोम्जा र सोही स्थान बस्ने बर्ष २६ की सुस्मिता बोम्जा घाइते भएको बागममती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुबै जनालाई उद्धार गरी हेटौंडा अस्पताल पठाएकोमा थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । सुमो, सुमो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।