प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा दुई मोटरसाइकल आपसमा ठोक्किँयो

२०८० जेठ ३०, मंगलबार ०२:१९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित कर्नावती मार्गमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

सोमबार राति क्याम्पा डांडाबाट मिलन चोक तर्फ जादै गरेको वा.प्र.०३–००३ प ९२९४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना २५ प २७६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो ।

९२९४ नम्बर मोटरसाइकल चालक हेटौंडा–८ कमानेका २८ वर्षा यज्ञ प्रसाद चौलागाई, २३ वर्षीय मंगल राई र २७६५ नम्बरका मोटरसाइकल चालक हेटौंडा–१५ वस्ने ३४ शिव थापा र पछाडी सवार हेटौंडा–२ संगम टोल वस्ने ५५ वर्षीय उत्तर सिं दोङ भएका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये उत्तर सिं दोङको अवस्था गम्भीर रहेको छ । उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।