प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा न्यौपानेको कान टोक्नेलाई प्रहरीको संरक्षण

२०७९ चैत्र १४, मंगलबार १५:१५ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि निर्घात कुटपिट भएको छ ।

सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै र्छन पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनी न्यौपानेले जानकारी दिएकी छन् ।

संगिताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगणा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबारनै दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।