हेटौंडा – मन्थली नगरपालिका-१ भैसेश्वरस्थित सडकमा टिपरबाट खसेर एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ९७६३ नम्बरको टिपरबाट खसेर मन्थली नगरपालिका-४ सालु अर्चलेका ३२ वर्षीय नारायण बस्नेतको निधन भएको हो।
टिपरबाट खसेर गम्भीर घाइते भएका बस्नेतलाई मन्थली अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।