प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाँस काट्ने क्रममा रूखबाट खसेर एक जनाको मृत्यु

२०८० पौष २६, बिहीबार १४:२२ बजे

हेटौंडा – घाँस काट्ने क्रममा रूखबाट खसेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं.११ सुर्खण्डी बस्ने १७ बर्षीय अन्जली प्रजा रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घर नजिकै रहेको चिउरीको रूखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । घटनाको मुचुल्का पश्चात शव पोटमाटका लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।