काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्। शनिबार भएको क्यानको चुनावमा प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई ११ मतले पराजित गर्दै पारस सचिवमा निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार पारसले ४३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्लले ३२ मत प्राप्त गरे । कुल ८५ मत खसेको थियो।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो। क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भईसकेका छन् ।
त्यस्तै महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।