हेटौंडा – मनहरी गाउँपालिका वडा नम्बर २ वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नबनिर्मित भवनको उद्घाटन सोमबार बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले गरेकी हुन् ।
२०७६ निर्माण कार्य शुरु गरेको उक्त वडा कार्यालय भवन २०७७ चैत्रमै सम्पन्न गरिएको थियो । उक्त भवन ९१ लाखमा लागतमा निर्माण गर्रिको हो । २०७७ चैत्रमै निर्माण सम्पन्न भएपनि वडा कार्यालय भवनको उद्घाट्न केही समय ढिला गरिएको हो ।
भवन निर्माणको लागि स्थानिय समाजसेवी जय बहादुर घलानले २ गठा जग्गा दान दिएको थिए । उक्त जग्गाको प्रतिगठ्ठा १८ लाख गरी कुल ३६ लाख रहेको छ । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी मन्त्री मुक्तानले अब आफ्नो गाउँको समस्या लिएर आफ्नो घरको झिटी झाम्टा बेचेर सदरमुकाम पुग्नु नपर्ने बताइन् । उनले आफुलाई कुमारी मुक्तान भनेर परिचित गराउन मनहरी गाउपालिकाको निक्कै ठुलो भूमिका रहेको बताइन् । आफुले कहिल्यै झुटो आश्वासन नदिएको बताइन् चुनाव आउँदैछ चिल्ला कुरा र क्षणिक बिकासका नारा लगाउन आउँदैछन, जनतालाई सजक हुन आग्रह गर्नुहोला,–उनले भनिन्
वडाअध्यक्ष आनन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।