हेटौंडा – पहिरोका कारण अवरुद्ध भएको कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ ।
ललितपुर महानगरपालिका–३ भालुखोला र पाङ्दुर डोलमा खसेको खसेको पहिरो हटाएपछि कान्तिलोक पथमा एकतर्फि सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ ।
अविरल बर्षासंगै आएको पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध भएको थियो । काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारी साधनहरु गन्तब्यतर्फ लागेको प्रहरीले जनाएको छ ।