प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सामाजिक सुरक्षा कोषको ऐन संसोधनमा सरकारबाले लापरवाही गरेको छ: सचेतक वर्तौला

२०८० भाद्र १२, मंगलबार १५:५१ बजे

काठमाण्डौं – योगदानमा आधारीत सामाजिक सुरक्षा कोषको ऐनलाई संसोधन गर्न दफा २९ मा ल्याईएको सामाजिक सुरक्षा कोषको सदस्य मात्रै हुने तथा अध्यक्ष नहुने व्यवस्था गरिएकोमा नेकपा ९एमाले०को सचेतक महेश कुमार वर्तौलाले सरकारले लापरवाही गरेको वताए ।

मकवानपुर २ बाट निर्वाचित साँसद वर्तौलाले सरकारले ल्याएको केहि नेपाल ऐन संसोधनको शैदान्तीक विषयमा छलफल गर्दै लापरवाही भएको कुरा कानुन मन्त्रालय र कानुन मन्त्रीलाई जानकारी छ कि छैन रु भनि प्रश्न गरेका छन् ।

उनले प्रतिनिधि सभाको बठकमा बोल्दै हिंसात्मक गतिविधि गर्ने समुहहरु अपराधी हुन कि राजनीतिक समुह हुन् ? भन्दै एमाले सचेतक वर्तौलाले भनेर पनि सरकारलाई प्रश्न राखेका छन् ।

‘हामि १७ बर्ष देखि द्वन्दका बिषयहरु र संक्रमणकालिन द्वन्दका घटनालाई टुंगाउनका लागि काम गरिरहेका छौं । सरकारले ल्याएको ऐन संसोधनमा हिंसात्मक गतिविधि गर्नेहरूलाई बचाउनका लागी सरकार आफै राजनितीक समुहको आवरण दिएर संशोधन लेराइरहेको छ,’ उनले भने ।

सरकारको आयुसंग जोडेर जब यस्ता घटनालाई हेर्न खोज्छस त्यतिबेला हाम्रो बिधिको शासन, लोकतन्त्र, मानव अधिकार कहाँ पुग्छ रु त्यसर्थ, यो बिषयलाई गम्भिरताका साथ लिन पनि सरकारको ध्यानाकर्षण गराए ।