प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको जङ्गलमा एक पुरुष मृत भेटिए

२०७९ फाल्गुन ७, आईतबार १४:३४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ देउरालीस्थित जङ्गलमा एक पुरुष मृत भेटिएका छन् ।

रातोमाटे सामुदयिक जङ्गलभित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक ब्यक्तिको पहिचान खुलेको छैन । तीन पुरुष करिब २०/२२ दिन पहिला झुण्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको र यस बिषयमा थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।