प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

२०७९ असार १, बुधबार १०:०७ बजे

हेटौंडा – स्वर्गद्धारी दर्शन गरी फर्किने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्युठानको स्वर्गद्धारी नगरपालिका ४ भिंग्रीमा बुधबार दुर्घटना हुँदा भारत घर भएका ६५ वर्षिय बिक्की नाउको मृत्यु भएको हो । स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जीप बुधबार बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

चालक सहित घाइते भएका आठ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।