प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बलात्कार आरोपमा मध्य पहाडी लोकमार्गका निर्देशक पोखरेल पक्राउ

२०८० श्रावण १२, शुक्रबार ०८:३० बजे

काठमाडौँ – मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरिकुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिईन । त्रिुपरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए ।