प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गगन थापाको टिप्पणी- यो सरकार कुहिएर झर्छ

२०८० फाल्गुन २३, बुधबार १८:२२ बजे

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन्।

'यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,' उनले भने।