चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको बताएका छन् । प्रेस सेन्टर, नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले शक्ति बाँडफाँट गरेर गठबन्धनको सरकार अघि बढ्ने बताए ।
“राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्नु छ । शक्ति बाँडफाँटमा अहिले छलफल भइरहेको छ”, उनले भने, “राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाएर बढ्ने छौँ ।” अहिलेसम्म गठबन्धन दलबीच व्यक्तिकेन्द्रित छलफल नभएको उनले दाबी गरे।