प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

२०७९ पौष १८, सोमबार ११:०० बजे

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्दा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्दछ ।