प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भानुजयन्तीको दिन हेटौंडा कोरा च्यालेन्ज हुने

२०८१ असार १, शुक्रबार ०६:४५ बजे

हेटौंडा – हिमालयन राइर्डस सोसाइटीको आयोजनामा हेटौंडामा कोरा साइकल २०२४ हुने भएको छ । असार २९ गते शनिबारका दिन हेटौंडा आसपासका धार्मिक क्षेत्रमा साइकलयात्रा गरी कोरा राइड गरिने सोसाइटीले जनाएको छ ।

सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरा च्यालेन्ज कार्यक्रम असार २० गते गर्ने निर्णय गरेको हो । हेटौंडा नगरका एक दर्जन भन्दा बढी धार्मिक क्षेत्रलाई परिक्रमा गर्दै करिव २५ किलोमिटर साइकल यात्रा गरिने भएको सोसाइटीका उपाध्यक्ष राजु थापामगरले बताए ।

हेटौंडा–४ हुप्रा चेलमैदानबाट सुरु गरी भुवनेश्वर मन्दिर, कुष्माण्डदेवी मन्दिर हुँदै गोरक्षश्वर, मेनरोडको कृष्ण मन्दिर, जलेश्वर मन्दिर, वनस्खण्डी, मुक्तेश्वर, दक्षिणकाली, रुद्रेश्वर, लक्ष्मीनारायण मन्दिर, कृष्णप्रणामी मन्दिर हुँदैं भुटनदेवी परिसरमा पुगेर समापन गरिने बताइएको छ ।

कोरा च्यालेन्स संसारभर हरेक जुलाई १६ मा आयोजना गरिने विश्वब्यापी कार्यक्रम हो । बिगत केही वर्षदेखि हेटौंडाका साइकल प्रेमीहरुले पनि आयोजना गर्दै आएका छन् । जुलाई १६ अर्थात साउन १ गते मंगलबार परेका कारण तीन दिन अगाबै असार २९ गते शनिबार हेटौंडामा आयोजना गर्न लागिएको सोसाइटीले जनाएको छ ।